ट्रकको ठक्करबाट घाइते भएकी बुद्धशान्तिकी आकृति दनुवारको मृत्यु

बुद्धशान्ति । ट्रकको ठक्करबाट घाइते भएकी झापा बुद्धशान्ति ५ की एक युवतीको मृत्यु भएको छ । झापाको मेचीनगरमा जेठ १३ गते ट्रकको ठक्करबाट घाइते भएकी युवतीको उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको हो

मेचीनगर नगरपालिका वडा न।१४ धाइजन चोकस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प। ५१५२ न।को मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ ख। ४७११ न।को ट्रकले साइडबाट ठक्कर दिएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर –१० बस्ने २९ वर्षीय राहुल गुप्तालाई केहि नभएको तर सोही मोटरसाइकलमा पछाडी सवार बुद्धशान्ति ५ बस्ने २२ वर्षीया आकृति दनुवार गंभीर घाइते भएकी थिइन् । उनको कम्मरमाथि पेलिएको थियो । घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा आइतबार दिउँसो ४ः१० बजे उचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ट्रक चालक बिर्तामोड नगरपालिका वडा न।३ बस्ने ३४ वर्षीय बिजय लिम्बूलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *