डा.सुनिल शर्माले गरे बेलबारी नगर अस्पताल भवनको उद्घाटन

बेलबारी । नेपाली कांग्रेसका युवा नेता तथा मोरङ क्षेत्र नं. ३ का संघीय सांसद डा. सुनिल शर्माले बेलबारी नगर अस्पतालको नयाँ भवन उद्घाटन गरेका छन् ।

शनिबार बिहान बेलबारी–४ बुधबारेमा आयोजित एक समारोहबीच सांसद शर्माले नयाँ भवनको उद्घाटन गरेका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

नगर अस्पताल यसअघि बेलबारी–१ मा सञ्चालनमा थियो । अस्पताल प्रशासनका अनुसार अबदेखि सम्पूर्ण सेवा बेलबारी–४ स्थित नयाँ भवनबाट प्रदान गरिनेछ । अस्पताल आइतबारदेखि औपचारिक रूपमा नयाँ स्थानबाट सञ्चालनमा आउने जनाइएको छ ।

तलब–भत्ता नलिने प्रतिनिधिसभाका एक मात्र सांसद डा. शर्मा स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय सामाजिक अभियन्ता पनि हुन् । देशका विभिन्न भागमा उनले निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन् ।

ती शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य समेत गरिरहेका छन् ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा मोरङ क्षेत्र नं. ३ का नागरिकलाई लक्षित गरी ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ । पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा दिने प्रतिबद्धता सांसद शर्माले व्यक्त गर्दै आएका छन् ।

हालै मात्रै उनले मोरङको बेलबारीमा एउटा एम्बुलेन्स पनि हस्तान्तरण गरेका छन् । यसअघि उनी निजी पहलमा देशका सात स्थानमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *