डिजेल र मट्टितेलमा प्रतिलिटर एक रूपैँया मूल्य घट्यो, हवाई इन्धनमा बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक रेको छ । निगम सञ्चालक समितिको बैठकको आजको निर्णयअनुसार डिजेल र मट्टितेलमा रु एक घटाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ ।

आजै राति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाइएको जानकारी दिएको छ ।

EPIC EPIC EPIC

निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.०३ र हवाई इन्धनमा प्रतिलिटर रु ०.८६ ले बढेर तथा प्रतिलिटर डिजेलमा रु १.१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *