डिभोर्सपछि एलिनाको भावनात्मक टिकटक: ‘बर्बाद भएर पनि चित्त बुझाइराछु’

काठमाडौं । गायिका एलिना चौहान पछिल्लो समय टिकटकमार्फत आफ्ना भावनाहरू व्यक्त गर्न झनै सक्रिय देखिएकी छिन् । जीवनका आरोह-अवरोहलाई खुलेर सार्वजनिक गर्ने उनको शैलीले दर्शक-श्रोताको ध्यान तान्ने गरेको छ ।

EPIC

नयाँ जीवनको नयाँ मोडमा उभिएकी एलिना हाल स्टेज कार्यक्रम र गीत रेकर्डिङमा व्यस्त छिन् । तर, टिकटकमा उनले व्यक्त गर्ने सन्देशहरूले उनी अझै पनि विगतको सम्झनाबाट मुक्त नभएको संकेत गर्छन् ।

EPIC EPIC EPIC

भर्खरै उनले टिकटकमा एक भिडियो पोस्ट गरिन्, जसमा जंगलछेउको सडकमा गाडी रोकेर बाँदरलाई केरा फ्याँक्दै गरेको दृश्य देखिन्छ । तर, भिडिओभन्दा ज्यादा ध्यान खिच्ने त उनले लेखेका शब्दहरू हुन्—

“बर्बाद भएर पनि चित्त बुझाइराछु । म बर्बाद पारेर पनि चित्त बुझेको छैन कसैको । सकेको गर, अझै के के बाँकी छ । कसैले नदेखे भगवान छन् । अरुलाई बदनाम गरेर कति इज्जत कमाउछौ, हेरौला नि।”

एलिनाले कसैलाई सिधै लक्षित नगरे पनि उनका फ्यानहरूले यी शब्दहरू पूर्वपति विष्णु सापकोटाप्रति रहेको अनुमान लगाएका छन् ।

एकजना प्रयोगकर्ताले कमेन्टमा लेखे— “गल्ती बुढाको भए पनि सासु-ससुरा नि खराब थिए त ? जो जस्तो भए पनि उसलाई छोड्दिनँ, तर सुधार्छु भनेर साथ दिनु नै प्रेम हो।”

एलिनाले सो कमेन्टमा प्रतिक्रिया दिँदै लेखिन्— “कसैको जिन्दगीमा घाँडो नबन्नु पनि माया नै होला।”

डिभोर्सपछि विष्णु सापकोटाले भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । तर, एलिनाका टिकटक पोस्टहरू हेर्दा लाग्छ, उनले आफ्ना भावनाहरू गीतमा मात्र होइन, शब्दहरूमा पनि उतार्न छाडेकी छैनन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *