Search
Close this search box.
Search
Close this search box.

डोटीमा जिप दुर्घटना हुँदा ८ महिने बालिकासहित ४ जनाको मृत्यु

डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, ५ जना घाइते भएका छन् । 

धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप अनियन्त्रित भइ दुर्घटना हुँदा बाजुराको हिमाली गाउँपालिका–५ का २२ वर्षीय राधिका मलाल, ३२ वर्षीय धनशोभा बुढा, उहाँका ६ वर्षका छोरा कबिन्द्र र विमला मलालकी ८ महीनाका छोरी प्रार्थना मलालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

EPIC

दुर्घटनाबाट हिमाली–५ का २१ वर्षीय बीमला मलाल, ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा र २१ वर्षीय राजबहादुर मलाल घाइते भएका छन् । 

प्रहरीका अनुसार घाइते बीमलाको अवस्था गम्भीर छ भने अन्य घाइतेको अवस्था मध्यम छ । घाइतेहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ । 

बाजुराको गौमुल गाउँपालिका–४ काडाकोटका २१ वर्षीय जिप चालक महेश बुढा प्रहरी चौकी तलकोटको नियन्त्रणमा छन् । जिप सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *