ढोग नगरेको निहुँमा २० वर्षीय युवकको कुटपिट गरि हत्या गर्ने दुई जना पक्राउ

ढोग नगरेको भन्दै कुटपिट गरी हत्या गरेको आरोपमा सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सल्यान बागचौर नगरपालिका-७ स्यालागाउँका २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिट गरी फरार भएका सन्तोषलाई दाङको तुलसीपुर उपमहानगरपालिका-१२ रझेना र केशरलाई बागचौर नगरपालिका-९ मौरीघारे परिलेखमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । 

EPIC EPIC EPIC EPIC EPIC

कात्तिक ४ गते दिउँसो बागचौर नगरपालिका-७ स्थित उपकार आधारभूत विद्यालयको खेल मैदानमा भलिबल खेल्न जम्मा भइरहेको अवस्थामा केशर ओली र शंकर ओलीले मादक पदार्थ सेवन गरी खुट्टा ढोग्न लगाउँदा घनश्यामले नमानेपछि मरणासन्न हुने गरी कुटपिट गरेका थिए । 

घाइते घनश्यामको भारतको नानपारामा उपचारका क्रममा बुधबार ८ गते मृत्यु भएको थियो । दुवै जनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *