Search
Close this search box.
Search
Close this search box.

तमु प्ये ल्हु संघ जिल्ला समिति झापाद्वारा कलाकार सम्मानित

अर्जुनधारा । तमु प्ये ल्हु संघ जिल्ला समिति झापाले शनिबार अर्जुधारा – ६ दासपुल, रेडहाउसको हलमा अध्यक्ष राम कुमार ल्हेंगे तमुको सभापतित्वमा तमु जातिको मौलिक धर्म, सस्कार, सस्कृतिलाई संरक्षण गर्ने संघ प्ये ल्हु संघ जिल्ला समितिले २०७९ सालको शुभ दिपावलीको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना सफलता पुर्बक सम्पन्न गरि सोहि कार्यक्रमलाई सफल पार्नु हुने कलाकारहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा तमु प्ये ल्हु संघ केद्रीय युवा समितिको दित्तीय उपाध्यक्ष अर्पण प्हच्यु तमु, तमु प्ये ल्हु संघ प्रदेश न. १ को उपाध्यक्ष चन्द्र बहादुर प्हच्यु तमु, गुरुङ सोसाइटी अफ अमेरिकाका विदेश प्रमुख पदम ल्हेंगे तमु, जिल्ला समिति झापाको सल्लाहकार संयोजक महेश ल्हेंगे तमु र अन्य संघ संस्थाका प्रतिनिधिहरु, जिल्ला समिति झापाको कार्यसमितिको पदाधिकारी तथा सदस्यहरु, कलाकारहरु, जिल्ला युवा समितिको अध्यक्ष एव पदाधिकारीहरु, महिला समितिको अध्यक्ष तथा पदाधिकारीहरु र तमु प्ये ल्हु संघ प्रति आस्था राख्नु हुने झापा बासी तमु तमुस्यो बुद्धिजीवि ब्याक्तित्व, समाजसेवीहरुको उपस्थिति रहेको कार्यक्रममा मौलिक झल्कने विभिन्न समानहरु सजिएको हलमा उदघाटन संगै, ग्रुप नृत्य र एकल नाच प्रस्तुत भएको थियो ।

EPIC

देउसी भैलो कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्ने कलाकारहरुलाई फुलमाया, कदर पत्र र केहि रकमले पुरस्कृत गरि सम्मान गरिएको थियो । देउसी भैलो कार्यक्रमलाई सफल पार्न सक्रिय भै सहयोग गर्नु हुने सहयोगीहरुलाई पनि मायाको चिनोले सम्मान गरेको थियो । तमु प्ये ल्हु संघ युवा समिति झापाको नव गठित पदाधिकारीहरुलाई पनि प्रमुख अतिथि तमु प्ये ल्हु संघ केन्द्रिय युवा समिती दित्तिय उपाध्यक्ष अर्पण तमु, जिल्ला अध्यक्ष राम कुमार ल्हेंगे तमु लगायतले सपथ खुवाई सम्मान गर्दै सफल कार्यकालको कामना गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय युवा समिति दित्तिय उपाध्यक्ष अर्पण गुरुङ (तमु) ले तमु जातिको धर्म सस्कृती, संस्कार, भेष भुसाको पहिचान गरि बिकास र प्रवर्द्धन गर्न यस्ता देउसी भैलो कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको उद्घघोस गर्नुभयो । वहाँले भविदिनमा विभिन्न क्रियाकलाप गर्दै बृहत कार्यक्रम गर्नुपर्नेमा जोडदिनुभयो । त्यस्तै बिशेष अतिथि प्रदेश एकका उपाध्यक्ष चन्द्र पोजुले जिल्ला संघले गरेको यो कार्यक्रमको खुलेर प्रशम्शा गर्नुभयो ।

तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति उपाध्यक्ष श्याम तमुले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन सचिव रन्जित क्रोम्छें तमुले गर्नु भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *