तराईका धेरैजसो भू-भागमा अधिकतम तापक्रम ४० डिग्री नाघ्यो

झापा। केही दिनदेखि देशका अधिकांश स्थानहरूमा अधिकतम तापक्रम वृद्धि भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार तराईका धेरैजसो भूभागहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन भएको छ । बाँके, चितवन, पर्सा, बारा, सर्लाही लगायतका जिल्लाहरूमा ४२ डिग्री सेल्सियसभन्दा बढी मापन भएको महाशाखाले जनाएको छ ।

EPIC EPIC EPIC

यस्तै देशका तराई, भित्री मधेस, पहाडी उपत्यका तथा खोँचहरु साथै पहाडी भूभागका धेरै स्थानहरूमा विगत केहि दिनदेखि अधिकतम तापक्रम तातो दिन, धेरै तातो दिन, अत्यधिक तातो दिनको सीमा भन्दा बढी भएको छ । जसका कारण हल्का, मध्यम तथा विषम वर्गको लू -तातो हावाको बहाव देखिएको महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ ।

मध्यम तथा विषम वर्गको लूको कारणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने सम्भावना रहेकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैबीच धनगढीको तापक्रम ४६।४ डिग्री सेल्सियस मापन भएको भनेर केही सञ्चारमाध्यममा आएपनि यसमा सत्यता नभएको महाशाखाले स्पष्ट पारेको छ । यो रेकर्ड जुन १६, १९९५ को भएको भन्दै महाशाखाले शुक्रबार भने धनगढीको अधिकतम तापक्रम ४०।५ रहेको जनाएको छ ।

‘नेपालमा अहिलेसम्मकै उच्च दैनिक अधिकतम तापक्रम ४६।४ डिग्री सेल्सियस रहेको छ । यो कीर्तिमान सन् १९९५ जुन १६ मा धनगढीमा बनेको थियो’, महाशाखाले ट्वीटरमार्फत जानकारी दिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *