काठमाडौँ– देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराईका धेरै स्थानमा हुस्सु लागेको छ।
कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो तराईका धेरै स्थानमा हुस्सु नै रहनेछ। कोशी, मधेश र बागमतीका तराई भूभागमा बिहान केही समय तथा बाँकी तराईमा मध्यान्हसम्म कुहिरोसमेत लाग्ने सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।
राति पनि तराईका अधिकांश स्थानमा हुस्सु रहनेछ। सबै प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।



















