तराईमा लाग्न थाल्यो हुस्सु, आज कोशी र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशका कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ।

महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

EPIC EPIC EPIC EPIC EPIC

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार आज बिहानैदेखि तराई मधेशका क्षेत्रमा हुस्सु लागेको छ।

यस्तै महाशाखाले आज दिउँसो कोशी प्रदेश, बागमती  प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताएको छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

यस्तो रहनेछ आगामी दुई दिनको मौसमः

२०८१ कार्तिक ३० गते (शुक्रबार)

दिउँसोː कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

रातीː कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

२०८१ मंसिर ०१ गते (शनिबार)

दिउँसोː  कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीː कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *