तस्करी गरेर भित्र्याएको १० क्विन्टल चिनी प्रहरीद्वारा बरामद

अवैध रुपमा ल्याएको करिब १० क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङमा प्रहरी र ट्राफिकले सवारी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याइएको १० क्विन्टल चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पूर्वका विभिन्न जिल्लाबाट बीपी राजमार्ग भई काठमाडौं भित्रिने सवारी जाँच गर्दा बोरामा सानो पोको बनाइ लुकाइछिपाइ अवैध रुपमा ल्याइएको ३३ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

EPIC EPIC EPIC EPIC EPIC

उनका अनुसार बीपी राजमार्गमा चल्ने सवारी साधनमा अवैध रुपमा चिनीको ओसारपसार भइरहेको सूचना प्राप्त हुनासाथ प्रहरी र ट्राफिकले सवारी जाँचलाई कडा पारिएको थियो ।

बिहीबार बिहान १० देखि बेलुकी साढे ४ बजेसम्म गरिएको जाँचमा विभिन्न स्थानबाट ल्याइएको १० क्विन्टल चिनी बरामद गरिएको डीएसपी श्रेष्ठले बताए ।

बरामद गरिएको चिनी आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *