काठमाडौँ— ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथिभरा मन्दिरमा एक महिनामा झण्डै ६१ लाख रुपैयाँ संकलन भएको छ। पाथिभरा क्षेत्र विकास समितिका अनुसार, यो वर्षको पहिलो महिनामा (वैशाख) मात्र मन्दिरमा ६० लाख ९० हजार ८१५ रुपैयाँ संकलन भएको हो।
समितिका अनुसार वैशाख महिनामा ३८ हजार १७० दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन्। तीर्थयात्रुहरूको उल्लेख्य आगमनसँगै मन्दिरको आम्दानीमा समेत वृद्धि भएको समितिको भनाइ छ।
पाथिभरा मन्दिर पूर्वी नेपालको प्रमुख शक्तिपीठका रूपमा चिनिन्छ र विशेषगरी वैशाख, असोज र चैत महिनामा यहाँ तीर्थयात्रीको भीड लाग्ने गर्दछ।