ताप्लेजुङ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका ४ चाँगेकी ७४ वर्षीया सुनमाया मेघी तामाङको अरिङगालको टोकाईबाट ज्यान गएको वडाध्यक्ष अर्जुन लिम्बूले जानकारी दिनुभयो ।
उहाँका अनुसार तामाङलाई शनिबार अपराह्न करिब ४ बजे जंगलमा दाउरा काट्ने क्रममा अरिङगालले टोकेको हो । उपचारको लागि अस्पताल लान एम्बुलेन्स झिकाउने क्रममा आज बिहान ११ बजे मृत्यु भएको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।
कालो अरिङगालले टोकि गम्भिर घाईते भएकी तामाङलाई चाँगे स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लाने तयारी रहेको थियो ।