ताप्लेजुङ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन प्रशासानले ताप्लेजुङमा दुई साताका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ्ले सोमबार आजबाट लागू हुने गरी आगामी १५ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।
कोरोना संक्रमण भएपछि एक सातादेखि जिल्ला प्रशासन कार्यालय भवनमा आइसोलेसनमा बसेका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँले निषेधाज्ञा जारी गर्दै साँझ ८ देखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न, बजार पसल खोल्न र लामो दूरी बाहेकका यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो ।