Search
Close this search box.
Search
Close this search box.

ताप्लेजुङमा हालसम्म सात सय २६ जनाले पाए राष्ट्रिय परिचयपत्र

ताप्लेजुङमा हालसम्म सात सय २६ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । चार वर्षअघि जिल्ला प्रशासन कार्यालयले परिचयपत्रका लागि विवरण सङ्कलन थालेको थियो ।

कार्यालयको राष्ट्रिय परिचयपत्र फाँटका दर्ता कर्मचारी वसन्त निरौलाले हालसम्म तीन सय ४७ महिला र तीन सय ७९ पुरुषले परिचयपत्र लिएको जानकारी दिए । उनका अनुसार जिल्लामा तयार भएका सात हजार नौ ६७ परिचयपत्रमध्ये सात हजार दुई सय ४१ कार्यालयमा छन् ।

EPIC

परिचयपत्रको विवरण दर्ता गराएका अधिकांश नागरिकले लामो समयसम्म कार्ड छपाइ भएर आएको जानकारी नपाएकाले कार्यालयमा उक्त सङ्ख्यामा परिचयपत्र थन्किएका निरौलाले बताए । परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्ति कार्यालयमा उपस्थित हुनुपर्ने नियमका कारण पनि कार्ड कार्यालयमा थन्किएको उनको भनाइ छ ।


Advertisment

‘प्रशासनले कार्ड आइसकेपछि बुझ्न नागरिकलाई पटकपटक आह्वान गरिरहेको छ । प्रशासनद्वारा जारी सूचनाको पहुँच नहुनु वा बेवास्ताका कारण अपेक्षित सहभागिता नदेखिएको परिचयपत्र फाँटका कर्मचारी निरौलाले उल्लेख गरे ।

यसैबीच कतिपय नागरिकले चार वर्षसम्म पर्खँदा पनि परिचयपत्र नपाएको गुनासो गरेका छन् । विवरण दर्ता गरेको चार वर्षसम्म पनि परिचयपत्र उपलब्ध नगराएपछि प्राप्त गर्ने आशा हराएको सेवाग्राहीको गुनासो छ ।

आर्थिक वर्ष २०७७/७८ देखि परिचयपत्रका लागि विवरण सङ्कलन थालिएको थियो । हालसम्म ६९ हजार पाँच सय ९८ जनाको विवरण सङ्कलन भइसकेको निरौलाले जानकारी दिए । 

स्थानीय तहमा सञ्चालन भएका अभियानमार्फत ४६ हजार दुई सय पाँच र प्रशासन कार्यालयमा २३ हजार तीन सय ९३ जनाको विवरण सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउनमा नौ सय ३७ जनाको विवरण सङ्कलन भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *