Search
Close this search box.
Search
Close this search box.

ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गरियो

ताप्लेजुङ । ताप्लेजुङलाई हिजो (बुधबार) साक्षर जिल्ला घोषणा गरिएको छ ।

जिल्लाभित्र रहेका १५ देखि ६० वर्ष उमेर समूहको कूल जनसङ्ख्यामध्ये ९६.४५ प्रतिशत नागरिक साक्षर भएसँगै बुधबार एक समारोहका बीच साक्षर जिल्ला घोषणा गरिएको हो ।

EPIC EPIC EPIC

समारोहमा प्रदेश नम्बर १ का उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले साक्षर जिल्ला घोषणा गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला समन्वय समिति ताप्लेजुङका संयोजक घनेन्द्र मादेनद्वारा भएको प्रस्ताव पेसपछि मन्त्री हाङ्गामले साक्षर जिल्ला घोषणा गरेका थिए ।

प्रदेश नं १ का १४ जिल्लामध्ये अब सोलुखुम्बु मात्र साक्षर जिल्ला घोषणा हुन बाँकी रहेको बताइएको छ ।

ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गर्न केही वर्ष अघिदेखि थालिएको अभियानमा यहाँका विभिन्न शैक्षिक सङ्घसंस्था, स्थानीयवासी तहलगायतले सक्रियता देखाएका थिए ।

घोषणा कार्यक्रमको उद्घाटनअघि सदरमुकाम फुङ्लिङमा बुधबार बिहान विभिन्न जातीय झाँकीसहितको र्‍याली निकालिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *