तिहार नजिकिँदै गर्दा झापामा सयपत्री फूलको माग बढ्यो


बुद्धशान्ति (पालिका सन्देश) । तिहार नजिकिँदै गर्दा झापामा सयपत्री फूलको माग बढ्न थालेको छ । बिस्तारै माग बढ्दै जाँदा व्याबसायिक रुपमा फूलखेती गर्ने किसानहरूमा उत्साह थपिँदै गएको छ । तिहारमा लक्ष्मी पुज्न, घर सजाउन र दाजुभाइलाई माला लगाउन मात्र होइन जिल्लामा हुने हरेक कार्यक्रममा अतिथिहरुलाई सयपत्री फूलको माला लगाउने प्रचलनले सयपत्री फूलको माग बढेको हो । बिर्तामोड नगरपालिका–७ मा फूलखेती गरिरहेका किसान बिबेक साहले तिहारका लागि दैनिक जसो अर्डर गर्नेको संख्या बढिरहेको बताएका छन् ।


उनले दुई बिगाहा जमिन भाडामा लिएर फूलको व्याबसायिक खेती गर्दै आएको बताएका छन् । सयपत्री फूलको ८० हजार बिरुवा रोपेका साहले हाल दैनिक तीन सय माला बिक्री गर्दै आएको सुनाए । उनले फूल टिप्ने र माला बनाउने काममा स्थानीयलाई रोजगारी समेत प्रदान गर्दै आएको जनाएका छन् । “तिहारको लागि धमाधम अर्डर आइरहेको छ”, उनले भने, “गत हप्ता आएको अबिरल वर्षाले करिब १० हजार माला हुने फूल नष्ट गर्यो । अर्डर अनुसार पुर्याउन सक्छु कि सक्दिन चिन्ता थपिएको छ ।” उनको ढकमक्क फुलेको फूल टिप्न नपाउँदै पानीले नष्ट गरिदिएको थियोे ।

EPIC EPIC EPIC


हाल दैनिकरुपमा दुईदेखि तीन सय माला बिक्रीको लागि बिर्तामोड, दमक र बिराटनगरका व्यापारीलाई पठाउँदै आएको उनले बताए । फूलबारीमा टिकटक बनाउने र भिडियो खिच्ने स्थानीयबासीको समेत भीड लाग्ने गरेको उनी बताउँछन् । प्रतिमाला रु. ५० का दरले बिक्री गर्दै आएको बताउँदै उनले हालसम्मको मूल्य रु. ५० भए तापनि तिहारमा अवस्था हरेर मूल्य कायम गर्ने उनले जनाए । “हेर्दै रहर लाग्ने गरी फूल फुलेको छ”, उनले भने, “बाढीले क्षति गरे पनि लगानी उठाउन सक्छु कि भन्ने आँट छ ।”


उनका अनुसार एक पटक लगाएको सयपत्री फूल तीनपटक सम्म टिप्न मिल्दछ । उनले एक पटकको टिपाईमा २० हजार बढी माला हुने बताए । उनले तिहारमा एक लाख माला हुने फूल उत्पादन गरेर बिक्री गर्ने लक्ष्य राखेपनि पानीको कारण पूरा नहुने सुनाए ।
उता बिर्तामोड नगरपालिका–९ मा शुष्मा पौडेलले पनि सात कठ्ठा जमिनमा सयपत्री पूmलको खेती गरेकी छिन् । उनले केही फूल तिहारको लक्ष्मी पूजाको दिनका लागि बिक्री गरिसकेको बताइन् । उनको बारीमा ढकमक्क फूलको सयपत्री पनि पानीको कारण क्षति पुगेको बताइन् । “तिहारका लागि साँचेर राखेको करिब रु. दुई लाख ५० हजारको फूल पानीको कारण नष्ट भयो”, उनले भनिन्, “धेरै अर्डर थियो अब पुर्याउन सक्ने स्थिति छैन ।” उनले पछिल्लो समय हरेक कार्यक्रममा खदाको सट्टा सयपत्री फूलको मालाको प्रयोग बढेसँगै फूलको माग बढेको बताइन् ।


जिल्लामा सयपत्री फूलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । एक कट्ठा र दुई कट्ठाका दरले यसको खेती लगाउने झापामा दर्जनौँ किसान छन् । उनीहरुले फूलको परनिर्भरतालाई हटाउन स्थानीय सरकारले किसानलाई प्रोत्साहनस्वरुप सुलभ कर्जा र अन्य अनुदानमा लगानी बढाउनुपर्ने बताउँदै आएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *