तीज !
ब्रत बस्न सकौँ दरका बरले,
जप गर्न सकौँ शिवका भरले,
सब काब्य सुधा सरीका दिन छन्
मन माइतीका घर आँगनी छन्
तीजको बिजले फल दिन्छ पछि
अघि नै कतिको मन मिल्छ अति
बर हुन् शिव झैँ मन मोहक छन्
बलवान् बिबेक र सज्जन झन्
सुन इश्वरका प्रति अंश पिता
म त केवल हुँ उनकै ममता !!
–जनक न्यौपाने
रोङ गाउँपालिका , २ इलाम



















