Search
Close this search box.
Search
Close this search box.

तीजको नाचगानमा विवाद हुँदा एक जनाको मृत्यु

पाल्पा – तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट पाल्पामा एक युवाको ज्यान गएको छ ।

घटनामा तिनाउँ गाउँपालिका–२ घोडेवासका २४ वर्षीय सुनिल खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

EPIC

हिजो दरखाने दिन बेलुका तीजको नाचगान भैरहेको ठाउँ घोडेवासमा आफ्नै साथीहरुबीच सामान्य झगडा भएको थियो । यो विषयलाई लिएर आज बिहान सुनिलमाथि कुटपिट भएको र घाइते सुनिलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाले झगडा तथा कुटपिटमा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *