तीनकुनेमा चार जनाको सामूहिक हत्या गर्ने भण्डारी सार्वजनिक

प्रहरीले तीनकुने सामूहिक हत्या प्रकरणका आरोपी सञ्जय भण्डारीलाई सार्वजनिक गरेको छ। 

काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुले पत्रकार सम्मेलन गरी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका घर भएका सञ्जय भण्डारीलाई हत्या आरोपमा आइतबार पक्राउ गरी सार्वजनिक गरेको हो। घटनापछि हत्यामा प्रयोग भएको खुकुरी साथमै लिएर भागेका भण्डारीलाई प्रहरीले सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरिएको जनाएको छ। 

EPIC EPIC EPIC EPIC

तीनकुनेमा खुकुरी प्रहारबाट चार जनाको हत्याको घटनापछि भण्डारी भाग्दै पेप्सीकोलास्थित आफ्नो साथीको घर पुगेका थिए। राति मूलगेट लगाएको बेला उनी रूखमा चढेर घरको कम्पाउन्डभित्र छिरेको र त्यहाँ उनको साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। 

प्रहरीले सीसीटीभी फुटेजका आधारमा भण्डारीको खोजी गरेको थियो। बोल्न नसक्ने भण्डारीको प्रहरीले दोभासेको सहयोगमा बयान लिएको जनाएको छ।

शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा नवीन राईसहित चार जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो। घटना भएकै दिन प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो। तर घटनामा उनको संलग्नता नदेखिएको प्रहरी बताएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *