काठमाडौंको तीनकुनेमा यही चैत १५ गते विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको घटनामा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रूपन्देहीको बुटवल घर भएर ललितपुर हात्तीवन बस्ने शिशिर जिसी, कैलाली धनगढी घर भएका दण्डपानी रेग्मी र सर्लाही घर भएका मनोज कुमार सापकोटा छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिल राज बोहोराका अनुसार सीसीटीभी मनिटरिङ र अन्य सामाजिक सञ्जालमा आएका भिडियो निगरानीपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
उनीहरूविरुद्ध संगठित अपराध र आपराधिक उपद्रवमा म्याद थप लिई अनुसन्धान भइरहेको एसपी बोहोराले जानकारी दिए ।