तीनकुने प्रदर्शनमा संलग्न ११२ जना पक्राउ, राज्यविरुद्धको कसुरमा अनुसन्धान जारी

काठमाडौंको तीनकुनेमा गत शुक्रबार भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ११२ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार दुर्गा प्रसाईं निकट मानिने देवी संग्रौलालाई काठमाडौंबाट नियन्त्रणमा लिएसँगै उक्त संख्या ११२ पुगेको हो । पक्राउ परेकाहरुलाई राज्यविरुद्धका कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

EPIC EPIC EPIC EPIC EPIC

प्रदर्शनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले तीनकुनेमा केही निजी घरमा आगजनी तथा तोडफोड गरेका थिए । सोही समूहले नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा आगजनी गर्नुका साथै नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा प्रवेशको प्रयास गरेको थियो ।

यस्तै उक्त समूहले कोटेश्वरमा रहेको भाटभटेनीमा तोडफोड तगा लुटपाट गरेको थिया भने अर्को समूहले जडिबुटीमा रहेको प्रशोधन केन्द्र भवन र पार्किङमा राखेका गाडीमा आगजनी गरेको थियो । केही स्थानमा सडकमा गुडिरहेका गाडीमा समेत प्रदर्शनकारीले आगो लगाएका थिए ।  

प्रदर्शनका क्रममा गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो भने पत्रकार सुरेश रजगलाई घरभित्र जिउँदै जलाइएको थियो ।

राज्यविरुद्धको कसुरमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणासहितका नेतालाई र प्रदर्शनकारीलाई भने अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । शुक्रबार तिनकुनेमा व्यवस्थाविरोधी समूह राजावादीले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *