तीनदिनमा पनि भेटिएन हेटौँडामा जमिनमुनि हराएको बोलेरो, अध्ययन गर्न भूगर्भविद् आउँदै

काठमाडौँ – हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँमा जमिन भासिएर हराएको बोलेरो भ्यान तीन दिन बितिसक्दा पनि फेला परेको छैन। वैशाख १९ गते शुक्रबार साँझ जमिन भासिएपछि ना.४ च. ४८३३ नम्बरको माछा बोक्ने बोलेरो गाडी सडकसहित भासिएको थियो।

घटनास्थलको हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानिया, वडा नं. १६ का अध्यक्ष रामकृष्ण कोइराला र वडा नं. १७ का अध्यक्ष उद्धव सत्यालले स्थलगत अनुगमन गरेका छन्। अनुगमनपछि विपद् व्यवस्थापन समिति बैठक बसेको छ र भूगर्भविद् बोलाएर वैज्ञानिक अनुसन्धान अघि बढाउने तयारी भइरहेको उपप्रमुख बानियाले जानकारी दिनुभयो।

EPIC EPIC EPIC

उपप्रमुख बानियाले घटनास्थल नजिकै रहेको बोरिङका कारण जमिन कमजोर भई भासिएको हुन सक्ने अनुमान गर्नुभएको छ। यस सम्बन्धमा अनुसन्धान अघि बढाउन सरोकारवाला निकायसँग पत्राचार गरिएको समेत जानकारी दिइएको छ।

गाडी भासिएपछि त्यहाँ पानी जमेर सानो दह बनेको छ। दुर्घटनाको करिब ५ सेकेन्डमै गाडी जमिनमुनि हराएको प्रत्यक्षदर्शीहरू बताउँछन्। गाडी हराएको स्थान वरपर माछा पालन पोखरी र बोरिङ रहेका कारण भूगर्भीय कमजोरी रहेको अनुमान गरिएको छ।

स्थानीय प्रहरी, वडा कार्यालय र अन्य निकायको सहकार्यमा निरन्तर पानी निकाल्दै गाडीको खोजी कार्य भइरहेको भए पनि गाडी अझैसम्म फेला परेको छैन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च