तीन महिनामा पाँच प्रतिशतले बढ्याे विदेशी विनिमय सञ्चिति

काठमाडाैं। देशभित्र कूल विदेशी विनिमय सञ्चिति पाँच प्रतिशतले वृद्धि भई कूल १४ खर्ब ७० अर्ब २६ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति ४.९ प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा १४ खर्ब ७० अर्ब २६ करोड रुपैयाँ पुगेको हो।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाकाे विवरणअनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा असोज मसान्तमा ७.८ प्रतिशतले वृद्धि भई १२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रुपैयाँ रहेकामा गत असोज मसान्तमा ५.१ प्रतिशतले वृद्धि भई १२ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

EPIC EPIC EPIC

गत असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा असोज मसान्तमा ७.८ प्रतिशतले वृद्धि भई १२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड  रुपैयाँ रहेकोमा गत असोज मसान्तमा ३.४ प्रतिशतले वृद्धि भई एक खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १४.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बैंकले जनाएको छ। विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३९ प्रतिशत, ११७.३ प्रतिशत र ३२.९ प्रतिशत रहेका छन्। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *