काठमाडौ– मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो ।
सोमबार २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको हो ।



















