त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि स्कटल्यान्डलाई : नेपाल ३४ रनले पराजित

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ । गएराति भएको खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित भयो ।

नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित शृङ्खलाको उपाधि घरेलु टोलीले जितेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

अन्तिम खेलमा जीतका लागि एक सय ९४ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ५ बलमा एक सय ५९ रनमा अलआउट भयो ।

नेपालका रुपेश सिंहले सर्वाधिक ४३ तथा दीपेन्द्रसिंह ऐरीले ३४ रन जोडे । स्कटल्यान्डका क्रिस ग्रेभ्सले ३ तथा सफियान सरिफले २ विकेट लिए ।

त्यसअघि ग्लास्गोमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । उसका जर्ज मन्सीले सर्वाधिक ७८ रन बनाए ।

नेपालका कुशल भुर्तेलले २ तथा सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेश सिंहले समान १ विकेट लिए ।

स्कटल्यान्डले ४ खेलमा २ जीतका साथ तालिकाको शीर्ष स्थानमा रहँदै उपाधि जितेको हो । समान ४ खेलमा २ मा जीतसहित नेपाल अङ्कतालिकाको दोस्रो र नेदरल्यान्ड्स तेस्रो भयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *