त्रिभुवन विमानस्थलमा हवाई यात्रुले खादा माला लगाउन नपाइने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा माला लगाउन नपाइने भएको छ ।

EPIC

आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा हवाई यात्रुलाई खादा माला नलगाउन आग्रह गरिएको हो ।

EPIC EPIC EPIC

कार्यालयले टर्मिनल भवन प्रवेश दौरान सुरक्षा जाँचका समयावधिभर खादा माला प्रयोग नगर्न पनि आग्रह गरेको छ । हवाई यात्रुले खादा माला सँगै लैजाने हो भने आफ्नो झोलाभित्र राखेर लैजान सक्ने पनि कार्यालयले जनाएको छ ।

‘हवाई यात्रुले लगाएर आउने खादा माला वा झोलामा बाँधेर ल्याउने खादाले सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षा उपकरणहरूमा गम्भीर क्षति पुर्‍याइरहेको छ,’ कार्यालयले बिहीबार निकालेको अपिलमा भनिएको छ, ‘यसले विमानस्थलको सौन्दर्यतामा पनि नकारात्मक असर पुगेको छ ।

खादा माला एक्स–रे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किने गरेको र त्यसले उपकरणलाई गम्भीर क्षति पुर्‍याएको दाबी कार्यालयको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *