Search
Close this search box.
Search
Close this search box.

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख चन्दको प्रहरी प्रधान कार्यालयमा सरुवा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको सरुवा भएको छ।

गृहमन्त्री स्तरीय निर्णयबाट डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको हो। चन्दलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा सरुवा गरिएको बताइएको छ। 

EPIC

केही दिन अगाडि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारीले अध्यागमन कार्यालयका अधिकृतमाथि हातपात गरेको घटनामा प्रहरी कर्मचारीलाई दोषी देखाइएपछि डीआईजी चन्दले राजीनामा दिएका थिए। तर पछि प्रहरी महानिरीक्षक बसन्त कुँवरले सम्झाइ बुझाइ गरेर चन्दलाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। 

चन्द राजीनामापत्र फिर्ता लिएर केही दिनका लागि बिदामा बसेका थिए। बिदामा बसेकै बेला उनको सरुवा भएको हो। 

चन्दले अध्यागमन अधिकृतमाथि हातपात गर्ने कार्यमा संलग्न रहेका भनिएका प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको विषय पनि सार्वजनि भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *