त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले आउँदो आइतवारदेखिका सबै परीक्षा स्थगित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एक सूचना निकालेर माघ ९ गतेदेखिका सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जानकारी गराएको हो । आज बसेको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमको कारण विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

EPIC EPIC EPIC

यस अघि बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका परीक्षामा स्वास्थ्यका मापदण्ड पालना भए-नभएको अनुमगन गरी नभएको भएमा परीक्षा रोक्न निर्देशन दिनुभएको थियो । काठमाण्डौ विश्वविद्यालयले यस अघि नै आफ्ना परीक्षा स्थगित गरिसकेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *