त्रिशूलीमा मिनी ट्रक खस्यो

काठमाडौं । चितवनस्थित नारायणगढ–मुग्लिन सडकको सिमलतालमा भारतीय मिनी ट्रक त्रिशूली नदीमा खस्दा दुई जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मंगलबार राति साढे १० बजेतिर मिनी ट्रक त्रिशूलीमा खस्दा चालक भारत लखनउका २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

भारतबाट मेवा बोकेर काठमाडौँ आउन लागेको यूपी ३२ जेटएन ७८८३ नम्बरको भारतीय मिनी आइचर ट्रक अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । घाइतेहरूको उपचार भरतपुर अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *