Search
Close this search box.
Search
Close this search box.

त्रिशूलीमा हराएका थप एक जनाको शव भारतमा भेटियो

काठमाडौँ । त्रिशूलीमा बेपत्ता भएका थप एक जनाको शव भारतमा भेटाएको छ । शुक्रबार साँझ भारत पश्चिम चम्पारण बगाहास्थित नहरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले एक जनाको शव भेटाएको हो । 

सशस्त्र प्रहरीका अनुसार उनको सनाखत हुन सकेको छैन । शव नेपाल ल्याउन एसएसबीसँग समन्वयका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) त्रिवेणीका  सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को  कमाण्डमा ५ जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यसअघि शुक्रबार नै दुई जनाको शव भारतस्थित पश्चिम चम्पारणमा भेटिएका थिए ।  

EPIC

योसँगै त्रिशूलीमा बेपत्ता भएका दुई वटा डिलक्स बसका यात्रुमध्ये २५ जनाको शव भेटाएको छ । 

असार २८ मा चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *