त्रिशूली नदीमा मोटरसाइकलसहित खसे चालक, सशस्त्रको गोताखोर परिचालन

काठमाडौं । त्रिशूली नदीमा मोटरसाइकल खस्दा चालक बेपत्ता भएका छन् ।

EPIC

इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट शुक्रबार बिहान बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको मोटरसाइकल त्रिशूली नदीमा खसेको सशस्त्र प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC

बिहान ११ः४९ बजे मोटरसाइकल खसेपछि विपद् व्यवस्थापन तालिमा शिक्षालय करिनटारबाट ६ जनाको सशस्त्र प्रहरी गोताखोर टोली परिचालन गरिएको केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

चितवन प्रहरीका अनुसार चालक भारतीय सेनामा कार्यरत ‘गोर्खा राइफल म्यान’ रहेका छन् । भीरमा प्रहरीले पर्स फेला पारेको थियो । फेला परेको कागजात अनुसार लमजुङ घर भएका २७ वर्षीय रोहित राना हुन् ।

उनी नारायणगढबाट काठमाडौं मोटरसाइकलमा आउँदै थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *