Search
Close this search box.
Search
Close this search box.

थाइल्यान्डकी प्रधानमन्त्रीसँग ५० लाख डलरका घडी

थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् ।

आफूसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २ सयभन्दा बढी डिजाइनरका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ लक्जरी घडी रहेको उनले उल्लेख गरेकी छन् । थाई टेलिकमका मालिक तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पेटोङटार्नले गत सेप्टेम्बरमा थाइल्यान्डमा २० वर्षमा सरकारको नेतृत्व गर्ने परिवारको चौथो सदस्यका रूपमा पदभार ग्रहण गरेकी थिइन् । पेटोङटार्नले आफ्नो सम्पत्ति र दायित्व राष्ट्रिय भ्रष्टाचारविरोधी आयोग (एनएसीसी)को अनुरोधमा घोषणा गरेकी हुन् । उनले आफूसँग कुल १३ अर्ब ८० करोड भाट (४० करोड अमेरिकी डलर)बराबरको सम्पत्ति रहेको बताएकी छन् ।

EPIC EPIC EPIC

२० लाख डलरका ह्यान्डब्याग

उनको लगानी ११ अर्ब भाट रहेको र १ अर्ब भाट निक्षेप तथा नगद रहेको घोषणामा उल्लेख छ । उनको अन्य सम्पत्तिमा करिब ७ करोड ६० लाख भाट मूल्यका २ सय १७ वटा ह्यान्डब्याग र १६ करोड २० लाख भाटबराबर मूल्यका ७५ वटा घडी छन् । उनले आफूसँग बेलायती र जापानका अन्य सामान पनि सम्पत्तिका रूपमा रहेको उल्लेख गरेकी छन् ।

स्थानीय सञ्चारमाध्यमले पोस्ट गरेको एनएसीसीको दस्तावेजअनुसार उनले करिब ५ अर्ब भाटको अन्य दायित्व पनि घोषणा गरेकी छन् । यससहित उनको कुल सम्पत्ति २५ करोड ८० लाख अमेरिकी डलर पुगेको पाइएको छ ।

फेउ थाई पार्टीका एक प्रतिनिधिले एएफपीसँग कुरा गर्दै थाई सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्यांक ‘सही भएको’ पुष्टि गरेका छन् । फोब्र्सका अनुसार कुनै समय म्यानचेस्टर सिटी फुटबल क्लबका मालिक पेटोङ्टार्नका पिता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको कुल सम्पत्ति २ दशमलव १ अर्ब अमेरिकी डलर छ । फोब्र्सको सूचीमा उनी थाइल्यान्डका १०औं धनी व्यक्ति हुन् ।

थाक्सिनले आफ्नो शिन कर्प दूरसञ्चार कम्पनीले कमाएको धन राजनीतिमा उत्प्रेरित गर्न प्रयोग गरेका थिए । उनको परिवार निर्वासनमा रहेका वर्षमा पनि थाई राजनीतिमा प्रभावशाली थियो । विश्लेषकका अनुसार थाइल्यान्डमा सम्पत्ति र पारिवारिक विरासतको लामो समयदेखि सम्बन्ध देखिँदै आएको थियो । सुखोथाई थाम्माथिरात विश्वविद्यालयका युट्टापोर्न इस्साराचाईले एएफपीसँग भनेका छन्, ‘पूर्ण रूपमा क्रियाशील लोकतन्त्र नभएको देशमा राजनीतिक गतिविधिमा पैसाको महत्वपूर्ण भूमिका हुन्छ ।’

पारदर्शिताको कमीको दाबीसाथ यसलाई अक्सर सैन्य हस्तक्षेपका लागि जिम्मेवार मानिने गरिएको छ । थाइल्यान्डको संवैधानिक अदालतले गत अगस्टमा पदच्युत गर्दा पेटोङ्टार्नका पूर्ववर्ती प्रधानमन्त्री स्रेता थाभिसिनले ९८ करोड ५० लाख भाटको सम्पत्ति घोषणा गरेका थिए । एजेन्सी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *