झापामा थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु भएको छ।
आफ्नै धानको कुन्यूमा थ्रेसर लगाउने क्रममा झापा गाउँपालिका वडा नं २ सुगाबथानका ५७ वर्षीय नुनुवा टुडुको आज बिहान थ्रेसरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
स्थानीय चन्द्रदेव राजवंशीको प्र १–०१–००१ त ८०९२ नं को ट्याक्टरबाट टुडूले बिहान ५ बजेतिर थ्रेसर लगाएका थिए। थ्रेसरमा परेर टुडुको मृत्यु भएको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
थ्रेसर तथा ट्र्याक्टर चालक फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।