काठमाडाैंकाे दक्षिणकाली नगरपालिका–५ मा थाई गुम्बाको पर्खाल भत्किँदा घाइते भएकी एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीया पल्जोम तामाङ छिन् ।
उनको दक्षिणकालीकै मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
गुम्बाको पर्खाल भत्किँदा ६ जना पुरिएर घाइते भएकाेमा पल्जाेमकाे मृत्यु भएकाे हाे । पाँच जनाकाे उपचार भइरहेकाे छ