दमक। दमक नगरपालिकाका पूर्व नगरप्रमुख इन्द्र बुढाथोकीको आज निधन भएको छ।
७२ वर्षको उमेरमा उहाँको दमक–५ स्थित निज निवासमै बिहान ९:५५ बजे निधन भएको परिवार स्रोतले पुष्टि गरेको छ।
उहाँको अन्त्येष्टि आज मध्यान्ह १२ बजे दमक नगरपालिकाको कार्यालयमा नगर सम्मानसहित गरिने जनाइएको छ।