दमकमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु, एक महिला गम्भीर घाइते

झापा — ताप्लेजुङको दोभान स्थायी घर भई हाल दमकस्थित थकाली किचनमा कार्यरत २२ वर्षीय अङ्कित लिम्बुको ट्रकको ठक्करबाट ज्यान गएको छ।

गएराति करिब १०:१५ बजे दमक–१ स्थित रवि स्टेन गेट अगाडि ग १ ख ६४३७ नम्बरको ट्रकले मे ८ प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा स्कुटर चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

स्कुटरको पछाडि सवार पाँचथर मिक्लाजुङ–४ की ४२ वर्षीया सृजना राई गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि झापा अस्पताल लगिएको छ।

दुर्घटनापछि ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *