दमकमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

दमक– झापाको दमकमा एक युवकको हत्या भएको छ। बुधबार साँझ दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको धारिलो हतियार प्रयोग गरी हत्या भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

पराजुली दमकस्थित मुख्य बजारको घिमिरे मार्केटमा काम गर्ने गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए। खुकुरी प्रहारबाट घाँटीमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि लाइफलाइन अस्पताल दमक लगिएको थियो।

EPIC EPIC EPIC

उक्त अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो। अस्पताल पुर्याउनासाथ उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

‘साँझ ७ः३० बजेको समयमा मार्केटको भित्रपट्टि सटर छेउमा खुकुरी प्रहार भएको रहेछ,’ डिएसपी कार्कीले भने। घटनामा संलग्न फरार रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। घटनामा संलग्नको खोजी भइरहेको उनले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *