दमकमा पहिलोपटक निजी विद्यालय वर्गीकरण, सूची सार्वजनिक नहुँदै विवाद

दमक-  झापामा पहिलो पटक दमक नगरपालिकाले नीजि विद्यालयहरुको वर्गीकरण गरेको छ । विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि २०८० अनुसार नीजि विद्यालयहरुको वर्गीकरण गरेर सोही अनुसारको शुल्क निर्धारण गरिएको दमक नगर शिक्षा समितिका संयोजक कुवेर भट्टराईले बताउनुभएको छ ।

लामो समय लगाएर विद्यालयहरुको स्थलगत निरीक्षण र प्रश्नावली अनुसारको जवाफलाई आधार बनाएर वर्गीकरण सकिएको र सार्वजनिक गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभएको छ । विद्यालयहरुलाई पाँच वटा वर्गमा समावेश गरिएको छ । ‘क’ देखि ‘घ’ सम्म गरी चार वटा र एक वटा ग्रेडमा नपरेका विद्यालयहरु छुट्याइएको उहाँले जनाउनुभयो ।

EPIC EPIC EPIC EPIC

८० भन्दा बढि अङ्क प्राप्त गर्नेलाई पहिलो, ६० देखि ७९ सम्म ‘ख’ वर्ग, ५० भन्दा माथिलाई ‘ग’ वर्ग र त्योभन्दा तललाई ‘घ’ वर्गमा समावेश गरिएको छ । यो झापामा नै पहिलो हो र यसलाई कार्यपालिका बैठकले पनि अनुमोदन गरिसकेको छ, भट्टराईले भन्नुभयो । बालमैत्री संरचनादेखि लिएर विद्यालयसँग जोडिएका सबै पक्षलाई आधार बनाइएको उहाँले उल्लेख गर्नुभएको छ ।

यसैबिच पहिलो पटक विद्यालय वर्गीकरण भएर आधिकारीक रुपमा नगरपालिका सार्वजनिक नगरी सामाजिक सञ्जालमा विद्यालय वर्गीकरण भएको भनेर त्यसको लिस्ट सार्वजनिक भएपछि विवाद पनि उत्पन्न भएको छ । कम अङ्क ल्याउनेलाई ‘ख’ र त्योभन्दा बढि अङ्क ल्याउनेलाई ‘ग’ वर्गमा राखिएको भन्दै विवाद भएको हो ।

५५।५ अङ्क प्राप्त गर्ने स्कुल ‘ख’ वर्ग र ५८।२५ अङ्क प्राप्त गर्ने स्कुल ‘ग’ वर्गमा राखेको लिस्ट सार्वजनिक भएको नीजि विद्यालय सञ्चालक प्रविण चाम्लिङले बताउनुभयो । यो चित्त बुझ्दो भएन, उहाँको भनाइ छ । विद्यालय वर्गीकरण हुनु राम्रो भएको बताउदै वर्गीकरण पारदर्शी नभएको आङ्शका भएको उहाँको दाबी छ ।

नगर शिक्षा समिति संयोजक भट्टराईले आधिकारीक रुपमा वर्गीकरणको नतिजा सार्वजनिक नभएको अवस्थामा अङ्कसहित विवरण सार्वजनिक भएको विषयलाई गम्भीर रुपमा लिएको बताउनुभयो । निर्णय हुनु अगावैको कच्चा प्रतिवेदन बाहिर आफुले पनि देखेको जनाउदै यस विषयमा छानविन गरिने उहाँले बताउनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *