दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न


दमक। दमक–२ स्थित सनराइज मोडल स्कुलमा शनिबार दमक प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख राम थापा, विशिष्ट अतिथि नगर शिक्षा समितिका अध्यक्ष कुवेर भट्टराई, प्याब्सनका केन्द्रीय सदस्य श्रवणकुमार पोख्रेल, प्रदेश प्याब्सनका वरिष्ठ उपाध्यक्ष कोशराज प्याकुरेललगायत अतिथिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको थियो ।
यसपालिको प्रतियोगितामा १२ वटा विभिन्न विधामा ३४ वटा विद्यालयका ८१६ जना विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमलाई सहभागीहरूले सराहना गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख राम थापाले निजी विद्यालयहरूले यस्ता कार्यक्रम आयोजना गर्नु विद्यार्थीहरूको प्रतिभा प्रष्फुटनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। उहाँले यस्ता क्रियाकलापले शैक्षिक गुणस्तरलाई थप सुदृढ बनाउने र विद्यार्थीलाई आत्मविश्वासी बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, नगर शिक्षा समितिका अध्यक्ष कुवेर भट्टराईले सामुदायिक विद्यालयमा पनि यस्तै कार्यक्रम संचालन गरिने उल्लेख गर्दै, निजी विद्यालयहरूको अनुशरण गर्दै सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो ।
कार्यक्रम प्याब्सन दमक नगर सचिव लक्ष्मी नेपालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *