Search
Close this search box.
Search
Close this search box.

दमकमा लिम्बू हत्या काण्डका मुख्य अभियुक्त पक्राउ

दमक । झापाको दमक नगरपालिका–१ कुमाल चोकस्थित एक होटलमा छुरा प्रहार गरी हत्या गरेको घटनाका मुख्य अभियुक्तसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चार दिनअघि इलाम चुलाचुली–३ का ३८ वर्षीय गोविन्द लिम्बुको हत्यापछि प्रहरीले यसअघि अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिएपनि मुख्य आरोपी दमक–७ सयपत्री टोलका २२ वर्षीय सनम राईसहित अन्य अभियुक्त फरार थिए ।

EPIC

सोमबार दिउँसो प्रहरीले मोरङको उर्लाबारी–१ टपुस्थित एक घरमा मोटरसाइकलसहित लुकेर बसेका मुख्य आरोपीसहित घटनामा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गरेको छ ।

प्रहरीले इलाका प्रहरी कार्यालय दमकमा आज पत्रकार सम्मेलन गरी घटनामा संलग्न मुख्य आरोपी सनमसहित दमक–१ स्थित नवदुर्गा टोलका २२ वर्षीय आनन्द भनिने २२ वर्षीय राजकुमार भुजेल र दमक–७ राधाकृष्ण टोलका १८ वर्षीय रोहन भनिने सवास आलमलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनीहरुले प्रारम्भिक चरणमा दिएको बयान अनुसार राईसहितको तीन जनाको समूहले मदिराले लठ्ठ भएको अवस्थामा आपसी विवादका कारण लिम्बुको हत्या गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले हत्याको घटनामा प्रयोग भएको छुरा (हतियार) विराटनगरमा रहेको प्रारम्भ्कि बयानबाट खुलेपछि सो हतियार समेत त्यहाँस्थित प्रहरीसँगको समन्वयमा प्रहरीले बरामद गरी दमकतर्फ ल्याउने प्रक्रिया चलिरहेको जानकारी दिए ।

यसअघि प्रहरीले सो घटनापछि अनुसन्धानका लागि घटनास्थल रुवेल माछा फ्राइका सञ्चालक विशाल कुमालसहित ८ जनालाई पक्राउ गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *