दमक नगरपालिकाले ठेगान लाउन नसकेको फोहोर युवा संघले लगाए

दमक, ३ साउन । दमक नगरपालिका २ स्थित डाकिनी खोला परिसरमा राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीले सरसफाई अभियान सञ्चालन गरेको छ। लामो समयदेखि फोहोर थुप्रिने र नगरपालिका पटक–पटक प्रयास गर्दासमेत व्यवस्थापन गर्न नसकेको स्थानमा युवा संघले सफाई गरेको हो।

उक्त स्थानलाई नगरपालिकाले पहिले नै फोहोर फाल्न निषेधित क्षेत्र घोषणा गर्दै फोहोर फाल्नेलाई ५ सयदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तोकिएको सूचनासहित बोर्डसमेत राखेको थियो। तर, अव्यवस्थित रूपमा फोहोर थुप्रिने क्रम नरोकिएपछि सरसफाई अभियानको नेतृत्व युवा संघले लिएको हो।

EPIC EPIC EPIC EPIC EPIC
पहिले

जेसीबी र ट्याक्टरसहितको टोलीले फोहोर संकलन गरी दमक नगरपालिकाको आधिकारिक डम्पिङ साइटमा विसर्जन गरिएको हो। यसअघि पनि नगरपालिकाले माटोले ढाकेर अस्थायी रूपमा फोहोर व्यवस्थापन गरे पनि स्थायी समाधान हुन सकेको थिएन।

अहिले

कार्यक्रमका बारेमा युवा संघ दमक नगर अध्यक्ष छवि खतिवडाले भने, “नगरपालिकाले नसकेको काम हामी युवाहरूले गरेर देखाएका छौँ। अब यो ठाउँ सफा राख्न जनचेतना आवश्यक छ।”

सरसफाई कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं पूर्व नगर प्रमुख रोमनाथ ओली, प्रदेश कमिटी सदस्य अम्बिका खनाल, नगर अध्यक्ष राम पौडेल, युवा संघका नेताहरू उमेश मिश्र, सुदीप फागो, विवेक भट्टराईलगायतको उपस्थिति थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *