Search
Close this search box.
Search
Close this search box.

दमक र पथरीशनिश्चरेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

झापा दमक नगरपालिका-१ देवान चोकमा को.१० प ९९३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री दमक नगरपालिका-१ भाङबारी बस्ने ६४ वर्षीय राम कुमार राईको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमक हुँदै बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको दमक अस्पतालमा उपचार भइरहेको छ ।

मोरङ पथरीशनिश्चरे नगरपालिका-१ स्थित सडकमा ना.४ ख ७०७४ नम्बरको ट्रकले प्र.१-०२-०५३प ५५२८ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१० बस्ने ५५ वर्षीय श्रीकुमार काङवाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल ट्रमा सेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *