Search
Close this search box.
Search
Close this search box.

दयाहाङ राईले एक बर्ष नयाँ फिल्म साइन नगर्ने

अभिनेता दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताउनुभएको छ ।

एउटा फिल्मको पत्रकार भेटघाटमा बोल्दै उहाँले पहिला नै कमिटमेन्ट गरेका फिल्मको सुटिङ सक्न एक वर्ष समय लाग्ने भएकाले पूराना काम सकेपछि मात्र नयाँ फिल्म गर्ने बताउनुभएको हो ।

EPIC

बजार चर्चाअनुसार दयाहाङ राईको हातमा अहिले १६–१७ वटा फिल्म छन् । उहाँले एकै महिनामा दुई तीन वटा फिल्मको सुटिङ एक साथ गरिरहनुभएको छ । माघ महिनामा डिग्रि माइला र भूठानको छायांकन सकाउनुभएको दयाले यही महिना मनसरा र रंगेलीको बाँकी काम सकाउनुहुनेछ । अर्को महिना भने उहाँले घर ज्वाइँलाई समय दिनुभएको छ ।

चैतको महिनाका लागि भने कार्साङ र दुःखी आत्माबीच को पहिला जाने प्रतिस्पर्धा छ । यसपछि भने लोकल हिरो, वरिष्ठ बलराम, गाउँ नै रमाइलो आदि फिल्मले पालो पाउनेछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *