Search
Close this search box.
Search
Close this search box.

दरबार हाइस्कुल सञ्चालनमा आउँदै

काठमाडौं । पुनर्निर्माण सकिएर विद्यालयलाई साँचो हस्तान्तरण गरिएपछि ऐतिहासिक दरबार हाइस्कुल भानु मावि तिहारअघि नै नयाँ भवनबाट सञ्चालनमा आउने भएको छ ।

विद्यालयका सबै भौतिक सामग्रीको बन्दोबस्त गरी तिहारअघि नै दरबार हाइस्कुल नयाँ भवनबाट कामकाज सञ्चालनमा ल्याउने भएको हो । विद्यालयका प्रधानाध्यापक अखिलेश आजादले तिहारअघि नै आफूहरू पूर्णरूपमा विद्यालयमा सरिसक्ने र त्यसका लागि काम भइरहेको जानकारी दिए।

EPIC

पाँच वर्षअघि २०७२ सालको विनाशकारी भूकम्पपछि क्षतिग्रस्त दरबार हाइस्कुल प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठ नजिकैको परिसरमा सारिएको थियो । दरबार हाइस्कुलसँगै रहेको संस्कृत माध्यमिक विद्यालय रानीपोखरी पनि सोही स्थानमै सारिएको थियो । वाल्मीकि विद्यापीठ नजिकैको परिसरबाट विद्यालयका भौतिक सामान सार्ने काम सुरु गरिएको जनाइएको छ । विद्यालयमा तत्काल भौतिक कक्षा सुरु हुन सक्ने अवस्था भने नरहेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *