दर्जनौं सामाजिक ब्यक्तिलाई सम्मान गर्दै समापन भयो साहित्यिक कार्यक्रम

received 195371576441176

मेचीनगर। रामप्रसाद देवी ओली प्रतिष्ठान तथा बिष्णुदेवी ओली अक्षयकोषद्वारा सामाजीक क्षेत्रमा योग पुर्‍याउनुभएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ शुभद्रा भट्टराईसगैँ साहित्य क्षेत्रमा कलम चलाउनुहुने साहित्यकार, विद्यार्थी तथा सामाजीक व्यक्तित्वहरुलाई एक साहित्यिक कार्यक्रमका बिच आज सम्मान गरिएको हो । 

EPIC EPIC EPIC EPIC EPIC EPIC

मेचीनगर ७, गोमनसरीमा आयोजना गरिएको कार्यक्रममा प्राज्ञ सदस्य भट्टराईसगैँ भारत दार्जिलीङ्गमा रहेर साहित्यमा कलम चलाउनुहुने साहित्यकार कमल रेग्मी, सामाजीक व्यक्तित्व गोबिन्द घिमिरे, हर्क बहादुर भुजेल, दिलमाया बस्नेत लगायतलाई सम्मान गरिएको हो । 

प्राज्ञ सदस्यसगैँ शिक्षक पेसामा आवद्ध रहेर विभिन्न सामाजीक क्रियाकलापमा सधैँ सक्रिय रहनुहुने शुभद्रा भट्टराईलाई उहाँको कार्यको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको आयोजक राप्रसाद देवी ओली प्रतिष्ठानका अध्यक्ष देवी उप्रेती ओलीले बताउनुभयो । 

उहाँलाई नगद ५ हजार १ सय सगैँ दोसल्ला आढाएर सम्मान पत्र प्रदान गरिएको छ । यस्तै साहित्य क्षेत्रमा कलम चलाएर समाजमा विद्यमान विभिन्न विषयवस्तुको उजागर गर्नुहुने कमल रेग्मीलाई नगद ११ हजार १ सयसगैँ सम्मान गरिएको छ । 
कार्यक्रममा स्थानीय विद्यार्थीहरुलाई समेत नगद ५ हजार सहित सम्मान गरिएको छ ।

उच्च शिक्षा लिएर समाजको उन्नतीका निम्त्ति सदैव लागि पर्न आशिर्वाद दिदैँ प्रतिष्ठानले विद्यार्थी बिजय तामाङ, बिजय क्षेष्ठ, प्रजिता खनाल, कृष्टिना गौतम, निरज राउत लगायतलाई नगद सहित सम्मान गरेको हो । 

भानु साहित्य प्रतिष्ठान मेचीनगरका अध्यक्ष कृष्ण प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न साहित्यिक कार्यक्रममा विद्यार्थीसगैँ विभिन्न क्षेत्रबाट उपस्थित हुनुभएका साहित्यकारहरुले सुन्दर सुन्दर कविता प्रस्तुत गर्नुभएको थियो । 

‘गाउँसगँ कविता’ नामक उक्त साहित्कि कार्यक्रममा साहित्यकार भिम खवास, बिनोद खनाल, संचारकर्मी केन्द्रप्रसाद भट्टराई लगायतले कविता प्रस्तुतीसगैँ शुभकामना मन्तव्य राख्नुभएको थियो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *