दलितको घर भत्काएको आरोपमा पक्राउ गाउँपालिका अध्यक्षलाई पाँच दिन थुनामा राख्ने निर्णय, जसपाको विरोध

जनकपुरधाम । महायज्ञको नाममा दलित परिवारको घरमा डोजर लगाएको आरोपमा पक्राउ परेका सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्व वडाध्यक्षलाई पाँच दिन थुनामा राख्न म्याद थप भएको छ ।

सिरहा जिल्ला अदालतबाट पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेश यादवले जानकारी दिए । औरही गाउँपालिका ५ मा विष्णु महायज्ञ आयोजन गर्न गत फागुन १० गते स्थानीय दिपक मरिक डोमको घर भत्काएका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

त्यहाँको माटो समेत ताछेर फालेको समाचार सार्वजनिक भएपछि गत शुत्रबार साँझ दुवै जनालाई सिरहा प्रहरीले पक्राउ गरेको थियो । गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षसहित पीडित दिपक मरिकले शनिबार जिल्ला प्रहरी कार्यालय सिरहामामा जातीय भेदभाव तथा छुवाछुत कसुरमा जाहेरी दर्ता गराएका थिए ।

गाउँपालिका अध्यक्षलाई स–सम्मान रिहा गर्न जसपा नेपालको माग
यता पक्राउ परेका सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई छुटाउन जसपा नेपाल आन्दोलन गर्ने चेतावनी दिएको छ ।

जसपा नेपाल सिरहाका अध्यक्ष अशोक यादवले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनको चेतावनी दिएका हुन् । उनले छलफलका लागि बोलाएर मानमर्दन हुनेगरी अध्यक्ष यादवसहितलाई थुनामा राखेकोमा आपत्ति जनाउँदै विनासर्त ससम्मान रिहा गर्न माग गरेका छन् ।

उनले राजनीतिक प्रतिशोधका कारण कपोलकल्पित रुपमा छुवाछूतको मुद्दा लगाई प्रताडित गरी थुनामा राखेको र झूटा आरोप लगाई जाहेरी दर्ता गर्ने काम भएको पनि ज्ञापनपत्रमा उल्लेख गरेका छन् । गापा अध्यक्षलगायत सम्पूर्ण गिरफ्तार गरिएका व्यक्तिहरुलाई अविलम्ब ससम्मान थुना मुक्त नगरिए आन्दोलन गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुने विषम परिस्थिति र क्षतिको जिम्मेवारी प्रशासनले लिनुपर्ने चेतावनी जसपा नेपालले दिएको छ । अध्यक्ष यादव जसपा नेपालबाट निर्वाचित भएका हुन् भने पूर्व वडाध्यक्ष यादव जनमत पार्टीका पालिका अध्यक्ष हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *