Search
Close this search box.
Search
Close this search box.

दलित केटा मन पराएको थाहा पाएपछि आमाले गरिदिइन् छोरीको हत्या

छोटकरीमा

  • आफ्नै बुवा-आमाले छोरीको जलाएर हत्या गरेको रहस्य बाहिर आएको छ।
  • अनुसन्धानका क्रममा मानाको जलाएर हत्या गरिएको वास्तविकता पत्ता लागेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बताए ।
  • लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पुरा पढ्नुहोस्

EPIC EPIC EPIC

वीरगन्ज / पर्सामा तल्लो जातको केटासँग लागेको भन्दै आफ्नै बुवा-आमाले छोरीको जलाएर हत्या गरेको रहस्य बाहिर आएको छ। पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ८ रामनगरी गाँउमा गत कार्तिक २९ गते लक्ष्मीपूजाका दिन भएको आगलागीमा परी १५ वर्षीया बालिकाको मृत्यु भएको भनिएको घटनामा आमाबुवाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको रहस्य अहिले खुलेको हो ।

कात्र्तिक २९ गते लक्ष्मीपूजाका दिन रामनगरीमा राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको थियो ।

आगलागी भएका दिन प्रहरीलाई घरमा आगलागी भयो भनेर मात्रै जानकारी दिइएको थियो । दमकलको सहयोगमा आगो निभाएपछि घरभित्र भने माना कुमारीको शव जलेको अवस्थामा भेटिएको थियो ।

त्यसबेला बुवाआमाले माना निदाएकै अवस्थामा घरमा आगो लागेर जलेर मरेको भन्ने दाबी गरेका थिए । तर घटनास्थलमा अनुसन्धानका लागि पुगेका प्रहरी अधिकृतले घरमा लागेको आगो र शवको प्रकृति हेरेपछि शंका लागेर अनुसन्धान सुरु गरेका थिए ।

अनुसन्धानका क्रममा मानाको जलाएर हत्या गरिएको वास्तविकता पत्ता लागेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बताए ।अनुसन्धानका क्रममा छोरीसँगै सुत्ने गरेकी आमा लालमती देवी सकुशल रहेको र छोरीको उद्धारका लागि कसैले प्रयास नगरेको पत्ता लागेपछि प्रहरीलाई आशंका लागेर अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेको भनेर हत्या गरेको रहस्य खुलेको प्रहरी निरीक्षक थापाले बताए ।

मृतक बालिकाकी भाउजु मनिषा देवीले पनि नन्दलाई सासु लालमतीले आगोमा जलाई फुसको छानामा समेत आगो लगाएको कुरा एक महिनापछि प्रहरीलाई बताएकी थिइन् । हत्याकी आरोपित मध्येका लालमती देवीलाई पक्राउ गरी थप अनुसन्धान गर्दै जाँदा तल्लो जातको केटासँग लागेकाले श्रीमान मनबोधसँगको सल्लाहमै छोरीको हत्या गरेको आमा लालमतिले स्वीकारेको प्रहरीले जनाएको छ ।

लालमतीका श्रीमान मनाबोध अहिले फरार छन् । उनको नाममा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । लालमती देवीविरुद्ध पुस २२ गते पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।अन्नपूर्ण पोस्टमा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *