दशरथ उप्रेतीको जन्मदिनमा पञ्चायत माविका विद्यार्थीलाई नगद पुरस्कार तथा अक्षयकोष खडा  


हल्दीबारी। शिक्षा प्रेमी तथा समाजसेवी दशरथ उप्रेतीको जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री तथा अक्षयकोष खडा गरिएको छ। 

No description available.

झापाको हल्दीबारी ४ घर भई हाल अमेरिकामा रहेका उप्रेतीको जन्मदिनको अवसरमा उनका बुबाआमा र भाइ गङ्गा उप्रेतीको अनुपस्थितिमा शनिबार हल्दीबारी ३ स्थित पञ्चायत माविका विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यार्थीलाई पुरस्कृत गरिएको हो।

EPIC EPIC EPIC EPIC EPIC
No description available.

 

विद्यालयमा एसईईमा उच्च अङ्क ल्याउने छात्र जय भट्टराई  र छात्रा बिनिता पुरीलाई जनही पाँच हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो। त्यस्तै, कक्षा  ८ र ९ मा प्रथम हुने ललिता दर्जी र दिपिका कार्कीलाई जनही दुई हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो भने अन्य विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री बितरण गरिएको थियो। 

No description available.

त्यस्तै, उप्रेतीले विद्यालयमा वार्षिक रुपमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्नका लागि विद्यालयको नाममा एक लाखको अक्षयकोषसमेत खडा गरिदिने भएका छन्। 

No description available.

अघिल्लो दुई वर्षमा उनले विद्यालयमा सिलिङ फ्यान र खेलाडी विद्यार्थीहरूलाई पोसाकसमेत खरिद गरिदिएका थिए। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *