दशौँ संविधान दिवस बुद्धशान्तिमा कांग्रेस–एमालेको संयुक्त कार्यक्रम

पालिका सन्देश । नेपालको संविधान जारी भएको दसौँ वर्षको अवसरमा बुद्धशान्ति–३ मा नेपाली कांग्रेस र नेकपा (एमाले) गाउँ कमिटीको संयुक्त आयोजनामा संविधान दिवस भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रममा सहभागीहरूले दुई दलबीचको सहकार्यलाई सहअस्तित्व र एकताको सशक्त सन्देशका रूपमा लिँदै संविधानको कार्यान्वयन, संरक्षण र लोकतान्त्रिक मूल्य सुदृढ गर्न सबैको साझा जिम्मेवारी हुनेमा जोड दिए।

EPIC EPIC EPIC EPIC EPIC

यसै अवसरमा बुद्धशान्ति गाउँपालिकाले संविधान दिवसले मुलुकलाई स्थायित्व, अधिकार सुनिश्चितता र विकासतर्फ अघि बढाउने मार्गदर्शन गर्ने सन्देश दिएको छ। पालिकाले संविधानको मर्म आत्मसात गर्दै लोकतान्त्रिक अभ्यासलाई अझै प्रभावकारी बनाउन सबैलाई आह्वान गरेको छ।

स्थानीय नेताहरू, कार्यकर्ता र सर्वसाधारणको उत्साहपूर्ण सहभागिताले संविधान दिवसलाई जनस्तरमै चेतना र लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने अवसरका रूपमा परिणत गर्यो। (तस्बिर : बुद्धशान्ति साप्ताहिक)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *